सन्दीप फेरि सुरुवाती ११ मा पर्न सफल, पुरा जानकारी

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डरबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।

सिड्नीविरुद्ध सन्दीप प्लेइङ-११ मा परेका छन् । सन्दीप लगातार तेस्रो खेलमा प्लेइङमा परेका हुन् ।

यस अघि सन्दीपले दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्दीपले अघिल्ला दुई खेलमा ३ विकेट लिएका छन् ।

लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सिड्नी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।