सन्दीप पाकिस्तान सुपर लिगमा सर्वाधिक महँगो श्रेणीमा

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन । उनी यसपटक प्लाटिनम बर्गमा परेका छन ।

यो बर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो क्याटागोरीमा छन ।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३०० खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्ने छ । प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलर देखी २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरीकी डलर देखी १ लाख ३ हजार अमेरीकी डलर बिच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए । पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो ।

यो प्रतियोगिता यो बर्ष फेबे्रवरीको मध्यबाट मार्चसम्म गर्ने तालिका रहेको छ । हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछानेले यो प्रतियोगितामा छनोट भएमा पनि खेल्ने संभावना निकै कम रहेको छ ।

किनकी बिग ब्यास लिग सकिएपछि उनी राष्ट्रिय टिमको भ्रमणका लागि प्रशिक्षणमा समावेश हुनेछन । मार्चको १९ देखि २८ तारिखसम्म नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेल्नेछ । त्यसैले उनले सो प्रतियोगिताका कारण पीएसएल खेल्ने संभावना कम रहेको छ ।