सन्दीप धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सूचीमा,पहिल स्थानमा को ?

नेपाली क्रिकेट टिमका लेग स्पिनर तथा गुग्ली ब्वाई सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटर बनेका छन् । १८ वर्षीय सन्दिपले सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल)मा डेब्यू गरेका थिए । दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले आईपीएलमा आफ्नो प्रभाव छाड्न सफल भए ।

त्यसपछि उनी लगातार टी– २० लिग खेलिरहेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली‘को यो संस्करणमा धेरै क्रिकेट खेल्ने क्रिकेटरहरुबारे चर्चा गरिएको छ, जसमा सन्दिप लामिछाने पनि अटाएका छन् । धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खान शीर्ष स्थानमा छन् ।

दुबैले अहिलेसम्म १० देशमा खेलेका छन् ।पाकिस्तानका शोएब मल्लिक र शादाब खान र बंगलादेशका तमिम इकबाले ९–९ देशमा टी–२० खेलेका छन् । नेपालका सन्दिपले पनि ९ देशमै टी– २० क्रिकेट खेलेका छन् ।