सन्दीपले सिपिएलको डेभ्यु खेलमा लिए २ विकेट  

सन्दीपले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।

यस अघि सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले पहिला ब्याटिंग गर्दै कप्तान क्रिस गेलको तुफानी ८६ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेदरल्यान्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेल पछि सिपिएल खेल्न पुगेका सन्दीपले सिपिएलको पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्। आगामी अगस्ट २९ देखि नेपालले एशियन कप क्रिकेट क्वालिफायर खेल मलेसियामा खेल्ने हुनाले सन्दीपले सिपिएलका बढीमा ५ वटा खेल मात्र खेल्न पाउने छन्।