सन्दीपले प्रवल जनसेवा श्री–चतुर्थ श्रेणी मानपदवी पाउने

नेपाली क्रिकेट टोलीका लेग स्पिनर तथा गुग्ली ब्वाइ सन्दीप लामिछानेले ‘प्रवल जनसेवा श्री–चतुर्थ श्रेणी’ पाउने भएका छन् । यस वर्ष ‘प्रवल जनसेवा श्री–चतुर्थ श्रेणी’ मानपदवी पाउने एक सय ६२ जनाको सूचिमा सन्दीपको नाम पनि समावेश गरिएको छ ।

गृह मन्त्रालयले बुधबार गोरखापत्रमा मानपदवी,अलंकार र पदक पाउनेको नाम प्रकाशित गरेको छ । एथलेटिक्स प्रशिक्षक धनिराज चौधरी र खेलाडी सन्जु महर्जनले पनि यो वर्ष यो मानपदवी पाउने छन् ।यसपटक तीन जना खेलाडी तथा प्रशिक्षकले मात्र मानपदवी पाएका हुन् । रेस्लर भरत विसुरालले अलंकार ‘समाज सेवा रत्न’ पाएका छन् ।