‘सन्दीपले खेल्ने सम्भावना धेरै छ’ – पोन्टिङ(भिडियो हेर्नुहोस्)

 

इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो रोजाइमा पुर्ने सम्भावना रहेको बताएका छन् ।

दिल्लीले गरेको पत्रकार सम्मेलनमा एक नेपाली पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा पोन्टिङले सन्दीप प्रतिभावान खेलाडी भएका कारण आइपिएलको कुनै न कुनै खेलमा खेल्न पाउने बताए ।
सन्दीपलाई वैकल्पिक खेलाडीका रुपमा खरिद गरेपनि उल्लेखद गर्दै पोन्टिङले उनको लगनशिलता र मेहनतको खुलेर प्रशंसा गरे । आइपिएल शनिबार हुँदै हुँदैछ । दिल्ली डेयरडेभिल्सको पहिलो खेल आइतबार रहेको छ ।