सन्दीपले एपीएलमा नङराहारबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा मा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।

उनलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् ।

एसोसियटमा बल्खले रायन टेन डोस्काटेलाई टोलीमा राख्यो । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीइट्सबाट खेलेका थिए । उनले आइपीएलमा दिल्ली डेयरडेभिल्सका लागि पनि खेले । कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने ड्राफ्टमा छनोट हुन सकेनन् ।

ड्राफ्टका दौरान साहिद अफ्रिदिलाई पक्तियाले पहिलो आइकन खेलाडीको रुपमा टोलीमा समेटेको थियो । काबुलले अफगानिस्तानका स्पिनर रसिद खानलाई लिँदा नङगारहारले वेस्ट इन्डिजका आन्द्रे रसल रोज्यो । बल्खले वेस्ट इन्डिजकै क्रिस गेल तथा कान्दाहारले न्यूजिल्यान्डका ब्रेन्डन मक्कुलमलाई आइकन खेलाडी बनायो । आइकन खेलाडीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।