सन्दीपलाई मैले नै बलिङमा रोक्नु परेको छ

इन्डियन प्रिमियर लिग (आईपिएल) टोली दिल्ली डेयर डेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले सन्दीप लामिछाने प्रशिक्षणमा धेरै मिहि गरिरहेको बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक पोन्टिङले सन्दीपले अभ्यासमा निक्कै मेहनत गरिरहेको बताएका हुन्।
उनले केही अवस्थामा आफूले नै सन्दीपलाई रोक्नु परेको समेत सुनाए। ‘सन्दीप निक्कै नै प्रतिभावान स्पिनर हुन् दिल्लीको अभ्यास सेसनमा उनले धेरै नै मिहिनत गरेका छन्’, पोन्टिङले भने, ‘सही कुरा बोल्नु पर्दा उनलाई केह अवस्थामा मैले नै बलिङ गर्न बाट रोक्नु परेको छ। उनी थाकिसक्दा समेत निरन्तर अभ्यास गर्न रुचाइरहेका छन्
प्रशिक्षक पोन्टिङले १७ वर्षीय नेपाली युवा स्पिनर सन्दीपको प्रतिभा र खेल प्रतिको लगावको पनि प्रशंसा गरे। ‘स्यान्डी ९सन्दीप० निक्कै नै प्रतिभावा स्पिन बलर हुन्। उनीसँग अविश्वसनीय एटिच्यूड छ। उनी हाम्रो टोलीका उत्कृष्ट विदेशी खेलाडी हुन्’, पोन्टिङले भने।
आइतबारबाट सुरु हुने आईपिएलमा आफ्नो पहिलो खेल खेल्न चन्डिगढ जानु अघि दिल्लीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको हो। अन्नपूर्णसँग कुरा गर्दै सन्दीपले पनि दिल्लीमा आफ्नो तयारी राम्रो भइरहेको प्रतिक्रिया दिए। ‘आईपिएल जस्तो विश्व चर्चित अन्तर्राष्ट्रिय क्रिकेट लिगको ड्रेसिङ रुम शेयर गर्न पाउनु पनि हाम्रा लागि महत्वपूर्ण अवसर हो’, सन्दीपले भने, ‘दिल्लीमा अभ्यास पनि राम्रो भइरहेक छ।’
सन्दीप आईपिएलको अक्सनमा पर्ने र अनुबन्ध जित्ने पहिलो नेपाली क्रिकेटर हुन्। उनलाई दिल्लीले २० ला भारुमा आफूसँग अनुबन्ध गरेको थियो। आईपिएलमा उन अनुबन्धसँगै नेपाली क्रिकेट फ्यान निक्कै हर्षित छन्। नेपाली फ्यानको अबको चाहना सन्दीपले आईपिएल खेलको हेर्ने रहेको छ। त्यसका लागि भने आइतबार पछिका खेलहरू कुर्नु पर्ने छ।