सन्दीपको बंगलादेश प्रिमियर लिगमा आज दोस्रो खेल; खेल कति बजे?

सन्दीपले टिम सिलहेट सिक्सर्सले चित्तागोंग भाइकिंग्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ देखी ढाकामा सुरु हुने छ ।

डेब्यू खेलमा सानदार पर्दशन गरेका सन्दीपले आजको खेलमा पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए । चित्तागोंगको कप्तानी मुशफिकुर रहिमले गर्ने छन् ।

चित्तागोंग लगातार दोस्रो जितको खोजिमा हुँदा सिक्सर्स पहिलो जित निकाल्ने सोचमा मैदान उत्रने छ । पहिलो खेलमा सिक्सर्स कोमिल्ला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको थियो । चित्तागोंगमा सिक्दर राजा,मोहम्मद शहजाद,ल्यूक रोन्ची जस्ता ठूला नाम गरेका खेलाडी छन् ।