सन्दीपको टिम सिक्सर्सद्वारा भिक्टोरियन्सलाई १२८ रनको लक्ष्य

सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको पहिलो खेलमा कोमीला भिक्टोरियन्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सिक्सर्सले दिएको मध्यम लक्ष्यसहित केहि बेरमा भिक्टोरियन्सले जवाफी ब्याटिङ गर्नेछ ।

ढाकामा टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाउन सक्यो ।सिक्सर्सका लागि निकोलस पूरनले सर्वाधिक ४१ तथा अफिफ हुसेन र आलोक कपालीले समान १९/१९ रन जोडे । बीपीएलको पहिलो खेलमै डेब्यु गरेका सन्दीपले २ बलमा अविजित १ रन जोडे ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।