सन्दीपको टिम टोरन्टो विजयी, सन्दीपले लिए विकेट

ग्लोबल टी-२० लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा टोरन्टो नेशनल्सले मोन्टरियल टाइगरलाई पराजित गरेको छ।

सोमबार बिहान भएको खेलमा टोरोन्टोले मोन्टरियललाई ४ विकेटले पराजित गरेको हो। पहिला ब्याटिडं गरेको मोन्टरियलले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो। मोन्टरियलका लागि कीले कोटजरले सर्वाधिक २६ रन बनाएका थिए । त्यस्तै डिल्लोन हेयलिगरले १८ रन, थिसरा परेराले १७ र कप्तान जर्ज बेलीले १५ रन बनाएका थिए।

टोरन्टोका बलर क्रिस ग्रीन र सलमान नजारले २-२ विकेट लिए भने सन्दीप लामिछाने, मिचेल म्याकेनघन र जेरेमी जोर्डनले १-१ विकेट लिएका थिए। सन्दीपले ४ ओभरमा २८ रन दिएर १ विकेट लिएको हो।

मोन्टरियलले दिएको १३७ रनको लक्ष्य पछाएको टोरोन्टोले ६ विकेट गुमाउदै पुरा गरे। उसलाई लक्ष्य पूरा गर्न १८ ओभर लाग्यो। जवाफी ब्याटिडं गरेका टोरोन्टोको लागि सुरीले ५२ रन बनाए भने क्रिस ग्रीनले अविजित २९ रन बनाए। त्यस्तै कलासेनले २० रन बनाए तथा रविंदरपाल सिंहले १५ रन बनाए।