सन्दीपको टिमको जित, प्ले-अफमा सोम्पालको टिमसंग भिड्ने

सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको प्ले-अफमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो ।

सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियल १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन बनाउन सक्यो ।

अब टोरन्टोले इलिमिनेटरमा अर्का नेपाली खेलाडी सोमपाल कामी रहेको वेनिपेग होक्ससँग खेल्नेछ ।