सन्दीपको टिमको जित, कस्तो रह्यो सन्दीपको प्रदर्शन?

सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा सातौं जित निकालेको छ ।

डकल्याण्डमा शुक्रबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्नले सातौं जित निकालेको हो ।

रेनेगेड्सले दिएको १ सय ६९ लक्ष्य मेलबर्नले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

मेलबर्नको जितका कप्तान ग्लेन म्याक्स्वेलले अविजित रहदै ८३ रन बनाए । यस्तै हिल्टन क्याटराइटले ३५ तथा निक लार्किनले ३३ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

रेनेगेड्सका लागि शौन मार्शले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस हारिसले ४२ रन जोड्दा बेउ वेब्स्टरले २५ रन बनाए ।

टम कोपर १५ रनमा आउट हुँदा कप्तान डेनील क्रिस्टियनले १२ रन बनाए ।

मेलबर्नका नाथन कल्टर नील र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

सन्दीपले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिएका हुन् । यस सँगै सन्दीपले यस सिजन ७ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

जितसँगै मेलबर्न ८ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । र, अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

रेनेगेड्सको यो लगातार आठौं हार हो । रेनेगेड्स लिगको पुछारमा रहेको छ ।