सन्दीपको उत्कृष्ट प्रदर्सनमा मेलबर्न स्टार्सको जित

सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो । मेलबर्नमा रेनेगेड्सले दिएको १४९ रनको लक्ष्य स्टार्सले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।रेनेगेड्सका लागि ड्यानियल क्रिस्टियनले ३२ तथा साम हार्परले ३० रन जोडे । यस्तै वाल्टर हार्भीले २१ रन जोडे ।

त्यस्तै मेलबर्न स्टार्सका ड्याने ब्राभोले ३ तथा मार्कुस स्टोनिस र स्कोट बोलान्डले २/२ विकेट लिए । सन्दीपले १ विकेट लिए ।
सुरुवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो । मेलबर्न स्टार्स ४ खेलबाट ४ अंक जोडेको छ । मेलबर्न रेनेगेड्सले पनि ४ खेलबाट ४ अंक जोडेको छ ।