सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो खेलमा लिए २ विकेट

बिग बास लिगमा सन्दिपको बलिङको जादु कायमै रहेको छ । सिड्नी विरुद्धको खेलमा सन्दिपले किफायती बलिङ गद चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिप सातौं ओभरमा सुरुवाती दुई बल डट गरे ।

तेस्रो बलमा मोइस हेनरिक्सले एक रन लिन सफल भए । त्यसपछि डेनीयल हग्सले पनि हल्का हातले खेल्दै एक रन चोरे । पाचौं बलमा सन्दिपले हेनरिक्स विरुद्ध एलबीडब्लुको अपिल गरेपनि अम्पायरले नकारे । उनले पहिलो ओभरमा ६ रन दिए ।
तर नबौ ओभरमा उनले विकेट लिन सफल भए । ब्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा सन्दिपले हनेरीक्सलाई ९ रनमा आउट गरे । सन्दिपले दोस्रो ओभरमा मात्र दुई रन दिए ।

ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले अर्को विकेट लिन सफल भए । उनले टोम कुरेनलाई मात्र २ रनमा एलबीडब्लु धरापमा पारे । उनले आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।