सन्दिप सर्वाधिक विकेट लिने खेलाडी बनेपछि दिल्ली मख्ख; दिल्लीले यस्तो लेख्यो

विश्वका विभिन्न क्रिकेट लिगहरुमा पछिल्लो समय जमिरहेका सन्दिप लामिछानेले अस्ट्रेलियन लिग बिग ब्याशमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। १८ वर्षीय सन्दिप मेल्बर्न स्टार्सबाट खेलिरहेका छन्। उनले बिहिबारको खेलमा सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् । उनको टिम मेल्बर्नले सिड्नीलाई ५ विकेटले पराजित गरन सफल भएको हो।

सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो ।सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन मात्र खर्चिए । त्यस्तै ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ विकेट लिदै पुन ४ रन खर्चिए ।सन्दीपले ८.२ ओभरमा सिड्नीका कप्तान समेत रहेका मोइशेस हेनरिकलाई ९ रनमा एलि डब्लू आउट गरे ।

सन्दीप आफ्नो तेस्रो स्पेल लिएर १२ औं ओभरमा बलिङ गर्न आएका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले टम कुरेनलाई २ रनमा एली डब्लू आउट गर्दै पेभेलियन फर्काए । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए । १४ औं ओभरमा सन्दीपले दुई लेग वाई सहित ९ रन खर्चदै आफ्नो स्पेल सकाए । सन्दीपले यस ओभरमा एक चौका खाएका थिए । यो दुई विकेटसँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।

मात्रै ४ खेलको लागी अस्ट्रेलिया पुगेका सन्दिप शिर्ष स्थानमा भने केहि दिनको लागि मात्र रहनेछन्। नेपाली खेलाडी मध्ये सबै भन्दा धेरै सफलता हँसिल गर्ने खेलाडीको रुपमा विश्वभर परिचित हुँदै गएका सन्दिप आइपीएलमा दिल्ली क्यपिटल्ससँग अनुबन्धित छन् ।

आफ्नो टिमका सन्दिप बिग ब्याशको शिर्ष स्थानमा उक्लिएपछि दिल्लीले पनि खुशी व्यक्त गर्दै सन्दिपको बारेमा गर्भ गर्दै फेसबुकमा यस्तो पोस्ट गरेको छ: