सन्दिप लामिछाने र सोमपाल कामी पिएसएलको ड्राफ्टमा

सन्दिप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरिमा परेका छन भने नेपाली राष्ट्रिय टोलिका बलर सोमपाल कामी सिल्भर क्याटेगोरी (१/२) मा पर्न सफल भएका छन ।

सन्दिप लामिछाने परेको क्याटेगोरिमा टेस्ट राष्ट्रका उत्कृष्ट लिस्ट ए सङ्गै राष्ट्रिय खेलाडी हरु छन भने सोमपाल कामी परेको क्याटेगोरिमा एसोसिएट राष्ट्रियका खेलाडिहरु समाबेश छन ।

सिल्भर क्याटेगोरिमा पिटर मुर , लहिरु थिरिमाने , जतिन पटेल , एशेली नर्श , शपुर जद्रान जस्ता खेलाडीहरु छन । सन्दिप लमिछाने सङ्गै ड्राफ्टमा पर्न सफल कामीको टिममा पर्ने सम्भावाना धेरै रहन सक्छ।

उत्कृष्ट अल राउन्डरका रुपमा आफुलाइ चिनाउदै आएका सोमपाल कामिले पहिलो पटक बिदेशी लिगको ड्राफ्टमा आफ्नो नाम पाएका हुन। सोमपालको पोटेन्सियललाइ हेर्दा उनले पिएसएलका टिमहरुले अवस्य छान्नेछन जस्तो अनुमान लगाइएको छ ।

सोमपाल सङ्गै नेपाली घरेलु लिगमा एउटै टिमबाट खेल्दै आएका रोहन मुस्तफा पनि ड्राफ्टमा पर्न सफल भएका छन ।