सन्दिप लामिछाने बिग बास लिगका खेल छोडेर बङ्गलादेश प्रिमियर लिग खेल्ने

नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले अगामि सिजनको लागि विश्व चर्चित अस्ट्रेलियाको घरेलु टि-२० प्रतियोगिता “बिग बास ” लिग र बङ्गलादेश क्रिकेटको आयोजनामा हुने बङ्गलादेश टि-२० प्रिमियर लिग खेल्ने पक्का भएको छ।

यसै बिच दुबै प्रतियोगिता लगभग एकै समयमा पर्ने भएकाले सन्दीप लामिछानेले दुबै प्रतियोगितामा पूरा समय दिन नसक्ने भएका छ्न ।

अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग अगामी डिसेम्बर १९ बाट फेब्रुअरी १७ , २०१९ सम्म हुदैछ भने बङ्गलादेश टि-२० प्रिमियर लिग (BPL) अगामी सन् २०१९ को जनवरी ५ देखि सुरु हुदैछ ।

सन्दिप लामिछानेले बङ्गलादेश टि-२० प्रिमियर लिग (BPL) मा पनि सहभागिता जनाउने भएकाले अस्ट्रेलियामा आयोजना हुने बिग बास लिगका सुरुवाती खेलहरु मात्रै खेल्ने र बङ्गलादेश टि-२० प्रिमियर लिग (BPL) समाप्त पछि फेरि बिग बास लिगको लागि अस्ट्रेलिया जाने जनाईएको छ । सन्दिप लामिछाने बिग बास लिगमा सहभागिता जनाउन यहि डिसेम्बर १० मा अस्ट्रेलिया जाने कार्यक्रम रहेको बताईएको छ।

अस्ट्रेलियाको घरेलु प्रतियोगिता बिग बास लिगमा सन्दिप लामिछाने सहभागी हुने टिम मेलबर्न स्टार्सले सन्दिप लामिछाने अनुपस्थित भएको बेला सन्दिपको रिप्लेसमन्टको रुपमा ईङ्गल्यान्डका २१ वर्षीय स्पिन बलर मट परकिन्सनलाई पनि अनुबन्धन गरेको छ ।

सन्दिप लामिछाने बङ्गलादेश प्रिमियर लिग (BPL) मा सहभागिता जनाएको बेला सन्दिपको ठाउँमा मट परकिन्सनले खेल्ने कुरा मेलबर्न स्टार्सले आफ्नो आधिकारिक वेबसाइटमा जनाएको छ । मेलबर्न स्टार्सले नेपाली क्रिकेटर सन्दिप लामिछाने र ईङ्गल्याण्डका क्रिकेटर मट परकिन्सन सङ्ग एकै दिन (अक्टोबर २२) का दिन सम्झौता गरेको थियो ।

सन्दिप लामिछाने अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बास लिग खेल्ने पहिलो एसोसिएट रास्ट्रको खेलाडी समेत बनेका छ्न यद्यपि यस अघि अफगानिस्तानका राशीद खानले प्रतियोगिता खेलेपनी त्यतिबेला अफगानिस्तानले टेस्ट रास्ट्रको मान्यता पाईसकेको थियो ।