सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग टि-२० खेल्न छनौट

अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टबाट नेपाली गुग्लि ब्वाई सन्दिप लामिछाने छानिएका छन्। योसंगै सन्दिप चौथो अन्तर्रास्ट्रिय टि-२० लिग खेल्ने भएका छन्।
उनलाई लिगको टिम नगरहरले आफ्नो टिममा लिएको हो।

सन्दिप एपीएल ड्राफ्टको आईसीसी एसोसिएट खेलाडीको श्रेणीमा रहेकाले उनले १५ हजार डलर पाउनेछन्। ड्राफ्टमा बिश्वभरबाट सहभागी ३५० भन्दा बढी खेलाडहरुलाई बिभिन्न ६ वटा श्रेणीमा बिभाजन गरिएको थियो।

पारस खड्का र सोमपाल कामि पनि सन्दिपकै श्रेणीमा भए पनि कुनै पनि टिमले लिएनन्।