सन्दिप लामिछानेको पहिलो विकेटमा डेभिड वार्नर बने सिकार

वेस्टइन्डिजमा जारी हिरो क्यारेबियन प्रिमियर टि-२० लिग अन्तर्गत आफ्नो चौथो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले एस टि लुसिया स्टार्स विरुद्ध आफ्नो स्पेलको पहिलो ओभरमै महत्त्वपूर्ण विकेट लिएका छ्न ।

ड्यारेन स्वामी नेसनल क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङ गरेको एस टि लुसिया स्टार्स विरुद्ध बलिङ गर्दै सन्दिप लामिछानेले खेलको ९ औ ओभरको तेस्रो बलमा अस्ट्रेलियन भेट्रान प्लेयर डेभिड वार्नरलाई ब्याक्तिगत १४ रनमा बेन कटिङद्वारा क्याच आउट गराएका हुन भने सन्दिपले पहिलो ओभरमा ९ रन खर्चेका थिए ।

जारी प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछाने वेस्टईन्डिजका महान क्रिकेटर क्रिस गेलको कप्तानिमा रहेको एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको तर्फबाट खेल्दै छ्न । सन्दिप लामिछानेले प्रतियोगितामा अहिले सम्म ४ खेलमा सबैभन्दा उत्कृष्ट बलिङ इकिनोमी रेट राख्दै ६ विकेट लिएका छ्न ।

१० ओभरको खेल चलिरहदा किरन पोलार्डको कप्तानिमा रहेको एस टि लुसिया स्टार्सले खराब सुरुवात गर्दै ५५ रन जोड्दा ६ विकेट गुमाई सकेको छ।