सन्दिप लामिछानेको टिम बिराटनगर टाइटेन्सको लगातार दोस्रो हार

पोखरा क्रीकेट रंगशालामा जारी पोखरा प्रीमियर लिगमा सन्दिप लामिछानेको कप्तानीमा रहेको टोलि बिराटनगर टाइटेन्स लगातार दुई खेलमा पराजित भएको छ। टस जितेर बलिङ रोजेको बिराटनगर टाइटेन्सले सुरुवाती क्षणमा राम्रो प्रदसन गरेतापनी पछि लय समात्न नसकेपछी धनगढी ब्लुजले निर्धारित २० ओभरमा अल आउट हुँदै १८२ रन जोड्न सफल भयो। धनगढीका लागि पिटर टेर्गोले सार्बधिक ५२ रनको योगदान गरे।

येस्तै कप्तान दिपेन्द्र सिङ ऐरिले १९ बलको सामना गर्दै २९ रन बनाए। फिनिसिङका लागि आएका सौरभ खनालले उत्कृष्ट ब्याटिङ गर्दै मात्र १३ बल मा ४१ रन प्रहार गरे। बलिङ तर्फ बिराटनगरका जितेन्द्र मुखियाले सार्बधिक ४ विकेट लिए।येस्तै सन्दिप लामिछाने, सुनिल धमला, किशोर महतो र जैन आलमले १-१ विकेट लिए।

ठूलो लक्ष्य पछ्याएको बिराटनगर टाइटेन्स मात्र १६ ओभर ४ बलमै सम्पुर्ण विकेट गुमाउदै १०४ रनमात्र बनाउन सफल रह्यो। बिराटनगरका लागि सुनिल धमलाले २१, जैन जायदले १९ र एन्ड्रुले १८ बनाए। बलिङ तर्फ धनगडिका लोवरेन्सले सार्बधिक ३ विकेट लिए। येस्तै दिपेन्द्र ऐरिले २ तथा कमल ऐरि, पिटर टेर्गो र रोबिन छेत्रीले १-१ विकेट लिए पछि आजको खेलमा बिराटनगरले धनगढी बिरुद्ध ७८ रनको फराकिलो हार बेहोरेको छ।