सन्दिप पिएसएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिएसएल) को ड्राफ्टमा समावेश गरिएका छन् । पिएसलले आज एक प्रेश विज्ञप्ति निकाल्दै दक्षिण अफ्रिकाका पुर्व कप्तान एबि डि भिलियर्स तथा अष्ट्ेरलियाका निलम्बित कप्तान स्टिभ स्मिथ सहित ५०० जना खेलाडी ड्राफ्टमा रहेको जनाएको छ ।

यद्दपी पिएसएलको ड्राफ्टमा कुन कुन खेलाडी रहेका छन् भनेर सार्वजनिक नगरियता पनि सन्दिपको नाम भने ड्राफ्टमा रहेको थाहा भएको छ । सन्दिप यस अघिको सिजनमा पनि ड्राफ्टमा परेका थिए तर पनि उनलाई कुनै टोलीलाई आफ्नो टोलीमा समावेश गरेको थिएन ।

नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जनाए अनुसार सन्दिप ड्राफ्टमा परेको पुष्टि गरे । सिवाकोटीले क्रिकेटिङ नेपालसँग कुरा गर्दै सन्दिप ड्राफ्टमा परेको शतप्रतिशत हो तर यस बारेमा अन्य जानकारीहरु भने आफुहरुलाई नआईसकेको जनाए । आज मात्र ड्राफ्टका बारेमा थाहा भएको र यसका बारेमा केही दिनमा सबै जानकारी आउने पनि सिवाकोटीले बताए ।

आगमी फेब्रुअरीमा आयोजना हुने पिएसएलमा छ टोलीको सहभागिता रहने छ ।

यस अघि सन्दिप इण्डियन प्रिमियर लिग (आईपिएल), क्यारेबियन प्रिमियर लिग (पिएसएल), क्यानडा ग्लोबल टि ट्वान्टि खेली सकेका छन् भने उनी भोलीबाट शुरु हुने अफगान प्रिमियर लिगका लागि पनि छनोट भएका छन् ।