सन्दिपसँग सावधान हुन् अनुरोध गर्दै आइसीसीले यस्तो लेख्यो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आफ्नो फेसबुक पेजमा सन्दिप लामिछानेको बारेमा एक तस्विरनै पोष्ट गरेको छ। सम्पूर्ण ब्याट्सम्यानहरुलाई सावधान रहन तर्फ इंकित स्ट्याटस सहित सन्दिपको फोटो डिसेम्बर २१ मा पोष्ट गरिएको थियो।

 

सन्दिप दुवै हातले बल फल्ने प्रयास गर्दै गरेको तस्विर आइसीसीले पोष्ट गरेको हो। अष्ट्रेलियाको बिग ब्यास लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै सन्दिप मेलबर्न स्टार्स क्लबमा अनुबन्धित भएका थिए। आइसीसीले पोष्ट गरेको तस्विरमा सन्दिप मेलबर्नकै जर्सीमा देखिन्छन्। दुवै हातले बल फाल्दै गरेको तस्विरसँग आइसीसी लेख्छ,” ब्याट्सम्यान सावधान ! सन्दिप लामिछानेले दुवै हातले बलिङ गर्दै नयाँ हतियार थपे जस्तो छ”

 

हरेक खेलबाट केहि नयाँ स्किल सिक्दै आएका सन्दिपको माग विश्वभरमा बढेको बताउने गरिन्छ। सानै उमेरमा ठूलो सफलता हातपार्दै सन्दिप अहिले नेपालका सबै भन्दा चर्चित र महत्वपूर्ण खेलाडीको बनिसकेका छन्।

आफ्नो क्षमता बढाउन कुनै कसर नछोड्ने सन्दिपले दुवै हातले बलिङ गर्ने भएपछि अझ बढी सफलता पाउने आकलन गर्न सकिन्छ।