सन्दिपले लिए एकै ओभरमा २ विकेट – सिपीएल

नेपाली युवा बलर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेट सिपिएलमा आफ्ना जादुलाई कायमै राखेका छन

। प्रतियोगिताको तेस्रो खेलमा सन्दिपले सेन्ट किट्स र नेभिस पेट्रियोट्स विरुद्धको खेलमा दुई विकेट लिएका छन ।

जारी सिपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दिपले सेन्ट किट्स र नेभिस पेट्रियोट्स विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्सको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दिपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।

पहिलो ओभरमा १० रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा आठ रन दिदै दुई विकेट हात पारे । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे । यो प्रतियोगितामा सन्दिपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारीसकेका छन ।