सन्दिपले फेरि जिताए दिल्लीलाई, मुम्बई ११ रनले पराजित हुँदै अाईपिएलबाटै अाउट

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्ससंग खेलिरहेका नेपालका सन्दिप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरको पहिलो बलमा किरोन पोलर्ड र चौथो बलमा क्रुनल पाण्ड्यालाई ४ रनमा आउट गरे । ओभरको पहिलो बलमा ठुलो शट हान्न खोज्दा पोलर्डलाई बाउण्ड्री लाइनमै ग्लेन म्याक्सवेल र ट्रेण्ट बोल्टले मिलेर क्याच गरेका थिए ।

बाउण्ड्रीमाथीबाट बाहिरन लागेको बललाई म्याक्सवेलले उफ्रिएर मैदानभित्रै फालेका थिए जुन बल बोल्टले क्याच गरे ।पोलर्डले ७ बलमा ७ रन बनाएका थिए ।
लामिछानेले पहिलो ओभरमा १३ रन दिएर १ विकेट लिएका छन् ।

सन्दिपले आजको खेलमा ३ विकेट लिएका छन् ।