सन्दिपले क्यारेबियन प्रिमियर लिग को पहिलो बल मै विकेट लिए

पहिलो पटक नेपाली क्रिकेट ईतिहासमा नेपालको तर्फबाट सहभागी भएर क्यारेबियन प्रिमियर लिग खेल्दै गरेका लेग स्पिन तथा गुग्लिका जादुगर सन्दिप लामिछाने फेरि पनि वेस्टईन्डिजमा चम्केका छ्न ।

वेस्टईन्डिजमा जारी छैटौ क्यारेबियन प्रिमियर लिगमा वेस्टईन्डिजका महान क्रिकेटर क्रिस गेलको कप्तानि मा रहेको एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको तर्फबाटखेल्ने सन्दिप लामिछानेले आज गुयना एम्याजन वारियर्स बिरुद्ध पहिलो बलमा नै विकेट लिएका छ्न ।

प्रोभिडेन्स स्टेडियम गुयनामा एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले जितका लागि दिएको १४७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको गुयना एम्याजन वारियर्स बिरुद्ध पारिको दोस्रो ओभर तथ आफ्नो स्पेलको पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले पहिलो बलमा नै ओपनर चन्डविक वाल्टनलाई बेन कटिङको हातबाट क्याच आउट गराउदै ९ रनमा पेभेलियन फर्काएका थिए ।
सन्दिपले पहिलो ओभरमा मात्र ३ रन खर्चेर एक विकेट लिएका हुन ।