सन्दिपले उत्कृष्ट बलिङ गरेपनि जिताउन सकेन नेपाललाई – एशिया कप छनोटबाट बाहिर

नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।यो संगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।

यसअघि सूरुवाती व्याटिङ गरेको अलआउ नेपालले ३७ दशमलव ५ ओभरमा अलअाउट हुदै ९५ रन बनाएको थियो ।

नेपाल हङकङसंग ३ विकेटले पराजित भएको हो । ९६ रनको लक्ष्य पछ्याएको हङकङले ३२ ओभर २ बलमा भेट्टाएको हो ।
हङकङले नेपालले दिएको ९६ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको लागी सन्दिप लामीछानेले ५ विकेट लिए । त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए ।

हङकङको लागी अ‌शुमन रथले सर्बाधिक ५२ रनको योगदान दिए ।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।

पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए ।

१० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएका हुन् । उनले एक छक्का र एक चौका पनि दिएका थिए । सन्दीपले हङकङका सर्वाधिक रन बनाउने अन्सुमान रथ सहित क्रिस्टेफोर जेम्स च्याप्टर, बाबर हायात, किन्चीत साह र इसान खानलाई आउट गरेका हुन् ।