सन्दिपले इपिएलमा काठमाडौं किङ्स-११ को कप्तानी गर्ने

काठमाडौं, सन्दिप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किङ्स ११ को कप्तानी गर्ने भएको छ ।

काठमाडौं किङ्स-११ ले फेसबुक मार्फत सन्दिपले कप्तानी गर्ने जनाएको छ ।

तेश्रो संस्करणको इपिएलमा सन्दिपले ललितपुर पेट्रियट्सबाट खेलेका थिए ।

काठमाडौंले पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदिलाई अनुबन्ध गरिसकेको छ ।