सन्दिपको प्रदर्शन जारी: सन्दिप बाहेक टिमका अरु बलर विकेट विहिन

युएइमा बुधबारबाट सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा लेग्स्पिनर सन्दिप लामिछानेले आफ्नो डेब्यु खेल्मा नै म्यान अफ द म्याच बनेर सनसनी मच्चाईसकेका छन् ।
आफ्नो दोश्रो खेलमा सन्दिपको टिम केरला नाईट्सले १०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सुरुवाती ब्याटिङ गर्ने क्रममा विपक्षी बलर प्रवीण ताम्बेले ५ विकेट लिएपछि नाईट्सको ब्याटिंग धराशयी बनेको थियो। स्टार ब्याट्समेन क्रिश गेल, पोलार्ड, स्टर्लिंग सबै आउट भईसकेको अवस्थामा वायन पर्नेलको शानदार अर्धशतकको मद्गतले १०३ रन बनाएको थियो। उनी २४ बल खेल्दै ५९ रनमा नट् आउट रहेका थिए।

दुई ओभर बलिङ गरेका सन्दिपले मात्र १४ रन खर्चिएर एक विकेट लिंदा सेन वाट्सनको भने २४ बलमा अर्धशतक प्रहार गरेका थिए। सन्दिपले देवशिचलाई ४९ रनमा आउट बनाउंदा उनको अर्धशतक अधुरै रह्यो। १४ बल अगाडी नै निर्धारित लक्ष्य १ विकेट गुमाएर भेटाउने क्रममा वाट्सन ५० रनमा नट् आउट रहेका थिए।