सन्दिपको टिम सिलेट सिक्सर्सको खेल आज; खेल कति बजे?

सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको पहिलो खेल आज (आइतबार) खेल्दैछ । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले कोमीला भिक्टोरियन्ससंग नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

डेभिड वार्नरको कप्तानीमा रहेको सिक्सर्सबाट पहिलो खेलमै नेपाली टोलीका महत्वपूर्ण सदस्य सन्दीपले डेब्यु गर्ने सम्भावना रहेको छ । बिग बास लिगको ४ खेल खेलेर सन्दीप बंगलादेश पुगिसकेका छन् ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।

अष्ट्रेलियामा उच्च प्रदर्शन गरेको कारण सन्दीपले बीपीएलमा डेब्यु गर्ने गर्ने सम्भावना छ ।