सन्दिपको टिम टोरन्टो नेसनल्स पराजित, पुरा जानकारी

सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले ग्लोबल टी–२० क्रिकेटमा अर्को हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा टोरन्टो क्लब ब्राम्पटन वुल्भ्ससंग ११ रनले पराजित भएको हो ।

पहिलो ओभरमा निकै खर्चिला देखिएका सन्दीपले त्यसपछि आफुलाई सन्तुलनमा ल्याएका थिए । चार ओभर बलिङ गरेका उनले ४४ रन खर्चिएर १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको वुल्भ्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

बाबर हायातले १८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट ४८ रन बनाएपछि वुल्भ्सले ठुलो स्कोर खडा गरेको थियो । उसका लागि जर्जी मुन्सेले सर्वाधिक ६६ रन बनाए । कप्तान कोलिन मुन्रोले २८ तथा नितिस कुमारले २६ रन जोडेका थिए ।

२ सय २३ रनको जवाफी ब्याटिङमा निस्किएको टोरन्टोले ७ ओभरको क्षतिमा २ सय ११ रन मात्र बनाउन सक्यो । कप्तान युवराज सिंहले २२ बलमा सवाृधिक ५१ रन बनाएपनि टोलीलाई जिताउन भने सन्दीप सम्मिलित टोरन्टो ४ खेलमा मात्र एक जित निकाल्दै २ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स ४ खेलमा सतप्रतिशत जित सहित शीर्ष स्थानमा रहेको छ ।