सन्दिपको टिममेट रहेका यी खेलाडिले टेस्ट क्रीकेटका लागि त्यागे आइपिएल

विश्व क्रीकेटकै प्रतिष्ठित लिग इन्डियन प्रीमियर लिग आइपिएल येहि मार्च २३ देखि भारतमा सुरुहुनेछ। आठ वटा फ्रेन्चाइज टोलि समावेश रहेको यो लिगको खेलाडी लिलामि डिसेम्बर १८ मा सम्पन्न भएको थियो। यो बर्ष निकै उत्कृष्ट र नाम चलेका खेलाडीहरुलाइ भने आइपिएलमा देख्न पाइने छैन। ब्रेन्डन म्यैक्लम, ज्योए रुट, हसिम अम्ला आदि जस्ता खेलाडीहरु अक्सनमा बिक्न असफल भएका थिए।

त्यसैगरी गत बर्ष दिल्लीबाट आइपिएल खेलेका अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवैल यो सिजनमा भने देखा पर्ने छैनन। २०१८ मा खराब प्रदसनका बाबजुद दिल्लीले उनलाइ रिलिज गरेको थियो।तर अक्सनबाट आफ्नो नाम फिर्ता लिदै म्याक्सवैलले यो सिजनको आइपिएल नखेल्ने जनाएका थिए।

टेस्ट क्रीकेटमा पुनरागमन गर्न म्यक्सवैल इङ्लैन्डमा गयेर काउन्टी क्रीकेट खेल्ने भएका छ्न। आइसिसि एकदिबसिय विश्वकप इङ्लैन्डमै हुने भएकाले त्यसमा पनि केही हकसम्म आफैलाइ फाइदा हुनेमा म्याक्सवैल बिश्वस्त रहेका छ्न।