सन्दिपको उत्कृस्ट तेश्रो ओवर

बंगालदेश प्रिमिएर लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले रंगपुर राईडर्स बिरुद्धको खेलको आफ्नो तेश्रो ओवरमा उत्कृस्ट बलिङ्ग गर्दै मात्र चार रन खर्चिएका छन् ।पहिलो तीन बलमा दुई सिंगल र एक डबल सहित कुल चार रन खर्चिएका सन्दिपको पछिल्लो तीन बल डट बल रह्यो ।

तीन ओवरमा सन्दिपले १५ रन खर्चिएका छन् भने विकेट निकाल्न सकेका छैनन् । पहिलो ओवरमा छ रन खर्चिएका सन्दिपले दोश्रो ओवरमा पाँच रन खर्चिए । कोमिल्ला भिक्टोरियन्स बिरुद्धको अघिल्लो खेलमा सन्दिपलाई ड्रप गरेको सिल्हेट सिक्सर्सले सन्दिपलाई आज शुरुवाती ११ मा राख्दै सातौं ओवरमा बलिङ्गमा लिएर आएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सिल्हेटले २० ओवरमा पाँच विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।सिल्हेटको लागि ओपनर दासले ४३ बलमा सर्वाधिक ७० रन बनाए भने कप्तान वार्नरले अविजित रहँदै ३६ बलमा ६१ रनको पारी खेले ।आफ्नो पछिल्लो दुई खेलमा विकेट निकाल्न नसकेका सन्दिपले बिपिएलमा यस अघि तीन खेल खेल्दै १२ ओवर बलिङ्ग गर्दै मात्र दुई विकेट हात परेका छन् । उनले पहिलो खेलमा दुई विकेट निकालेका थिए भने बाँकी दुई खेलमा विकेट निकाल्न सकेनन् ।