सन्दिपको उत्कृष्ट प्रदर्शन बाबजुद सिक्सर्सको हार

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको डेब्यु खेलमै विकेट लिन सफल भएका छन ।

सन्दीपले तेस्रो ओभरमा विकेट लिएका हुन । उनले पहिलो विकेट सोयब मलिकको विकेट लिएका हुन । सन्दीपले दोस्रो विकेटको रुपमा इनमुल हकलाई आउट गरे । तर सन्दीपको डेब्युमा सिक्सर्स ४ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाउन सक्यो ।

सिक्सर्सका लागि निकोलस पूरनले सर्वाधिक ४१ तथा अफिफ हुसेन र आलोक कपालीले समान १९।१९ रन जोडे । सन्दीपले २ बलमा अविजित १ रन जोडे ।

सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरियन्सले १९ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गरेको थियो ।