‘सन्दिपकाे जस्तो सफलता कमैले पाउँछन’ – वकार युनिस

क्यारेवियन प्रिमियर लिग, क्यानडा प्रिमियर लिग, दिल्ली डेयर डेभिल्स, सिलेट स्पुअर्स, टी–१०, अफगानिस्तान प्रिमियर लिग यी प्रतियोगिता नामले नौ काफि छन । गत जेनेवरी महिनामा सन्दिपले पहिलो पटक आइपीएल खेल्दै पहिलो नेपाली खेलाडी बनेका थिए । तर उनको यो पहिलो नेपाली हुने क्रिकेट यात्रा अष्ट्रेलियाको बिग बासमा पुगेको छ ।

कुनैपनि खेलाडीको ड्रिम प्रतियोगिताका रुपमा रहेको बिग बास मेलबर्न स्टार्सबाट खेल्ने पक्का भएपछि उनको ब्यस्ता झन बढेको छ भने उनले क्रिकेटबाट नै विश्व परिक्रमा लगाएका छन भन्दा कम नहोला ।

पाकिस्तानी तेज बलर वकार युनिसको भनाई मान्ने हो भने पछिल्लो एक बर्षमा सन्दिपले जुन फड्का मारेका छन, त्यो सायदै कम खेलाडीले हात पार्न सक्छन । सन्दिपको प्रदर्शनलाई नजिकबाट अध्ययन गरेका वकारले नै उनलाई बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्समा लिएका छन । जुन टिमका उनी प्रशिक्षक हुन ।

विश्वका चर्चित लिगबाट खेलेर करोडपति बनेका सन्दिपले बिग बास खेलेबाफत कम्तिमा ६० हजार डलर पाउनेछन । जुन उनले एक प्रतियोगिताबाट पाउने सबै भन्दा धेरै रकम हो । तर उनले यो पटक बिग बास पुरै सिजन भने खेल्न पाउनेछैनन । बिग बासमा अनुबन्ध अघि नै उनले बंगलादेश प्रिमियरमा सम्झौता गरिसकेका थिए ।