सन्तोष साहुखला सहित ३ जापानीज खेलाडी च्यासलबाट खेल्ने

सन्तोष साहुखलले यस बर्षको ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् ।

साहुखलले गत बर्ष पनि च्यासलबाटै खेलेका थिए ।

त्यस्तै च्यासलले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्ध गर्ने भएको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्ध गर्न लागेको हो ।

च्यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्ध गरिसकेको छ । मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले हाल जारी चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन् ।

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो । हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दै थिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ ।

ताइगो नाकामुरा जापानीज राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए । उनले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए ।

उता यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे ।

मंसिर २८ बाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।