सन्तोष र अन्जन एन्फाकाे ४५ दिने प्रतिबन्धपछि शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै

राष्ट्रिय फुटबल टाेलीका सदस्य सन्तोष तामाङ र अन्जन विष्ट मैदानमा उत्रिन पाउने भएका छन् । उनीहरुले यही हप्तादेखि मैदानमा उत्रिन पाउने भएका हुन् ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल अगाडि नाइट क्लबमा गएका तामाङ र विष्टमाथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ४५ दिने प्रतिबन्ध र ५० हजार जरिबाना लगाएकाे थियाे ।

बुधबारदेखि तामाङ र विष्ट एन्फाको प्रतिबन्धबाट मुक्त भएका हुन्। उनीहरुले अब शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत चौथो चरणको खेल खेल्नेछन् ।

यस्तै विमल घर्ति मगर र दिनेश राजवंशीलाई भने ५० हजार जरिबानासहित ९० दिनको प्रतिबन्ध लागेकाे छ।