सनले लम्ब्याए टोट्नह्यामसँगको सम्झौता

एजेन्सी, इङलिस क्लब टोट्नह्याम ह्ट्स्परका साउथ कोरियन खेलाडी सन हिउङ मीन थप ४ वर्षका लागि टोट्नह्याममा अनुबन्धित भएका छन्। रिपोर्टका अनुसार उनी कम्तीमा २०२५ सम्म क्लबमा अनुबन्धित भएका हुन्। 

२९ वर्षका साउथ कोरियन खेलाडी सन २०१५ मा करिब २२ मिलियन पाउन्डमा जर्मन क्लब बायर लेवरकुसेनबाट टोट्नह्याममा अनुबन्धित भएका थिए। उनले टोटनह्यामका लागि २८० खेल खेली सकेका छन् जसमा उनले १०७ गोल गर्न सफल पनि भइसकेका छन्।
उनले प्रेमियर लिगमा मात्र टोटनह्यामका लागि १९७ खेल खेलेका छन् जसमा उनले ७० गोल गर्न सफल पनि भएका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि उनले ९१ खेलमा २७ गोल गरेका छन्। उनी आफ्नो राष्ट्रिय टोलिका कप्तान पनि हुन्।