सनले उरुग्वेविरुद्ध खेल्ने

एजेन्सी । दक्षिण कोरियाका फरवार्ड एंव कप्तान ह्युङ मीन सनले बिहिबार हुने उरुग्वेसंगको खेलमा खेल्ने भएको छ । उनले उरुग्वेसंगको पहिलो खेल खेल्ने कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले बताएका छन् ।

टोटेन्हमका फरवार्डले अनुहारमा मास्क लगाएर खेल्ने बताएको छ ।

सनको बायाँ आँखा तिर चोट लागे पछि शल्यक्रिया गर्नु परेको थियो । उनले च्याम्पियन्स लिगका खेलमा चोट बोक्न पुगेको थियो ।

३० वर्षे सनले कतारमा प्रशिक्षण दौरान मास्क प्रयोग गरेका थिए ।

दक्षिण कोरियाका लागि १०४ खेलमा उनले ३५ गोल गरिसकेका छन् ।

विश्व कपमा दक्षिण कोरिया समुह ‘एच’मा प्रोचुगल, घाना र उरुग्वेसंग रहेको छ ।