सनको यो उत्कृष्ट गोलले पायो ‘गोल अफ द यर’अवार्ड

टोटनह्याम हट्स्परका स्टार सन ह्युङ-मिनले २०२०को गोल अफ द यर’ अवार्ड अठुवा पुस्कस अवार्ड जितेका छन्। गत सिजन प्रिमियर लिगमा बर्नली बिरुद्धको उनको उत्कृष्ट गोलले ‘गोल अफ द यर’अवार्ड जितेको हो।

स्पर्सले ५-०को जित हात गरेको उक्त खेलमा सनले एक्लै आफ्नो गोल पोस्टबाट विपक्षी टिमको पोस्टमा ड्रीबल गर्दै लागे र उत्कृष्ट गोल गरे।

सनले सो अवार्डको लागि बार्सिलोनाका लुइज सुआरेज र फ्लेमेन्गोको जर्जियन डि अरस्काइटालाई पछि पारे। फिफाको द बेस्ट समारोहमा पुस्कास पुरस्कारको विजेताको घोषणा भएको थियो ।

उक्त अवार्ड २००९ मा स्थापना भएको हो र पूर्व रियलका स्टारस्ट्राइकर फेरेन्क पुस्कसको नाममा यो अवार्ड राखिएको हो।