सचिन टेन्दुलकरद्वारा एक करोड सहयोग

एजेन्सी, इन्डियन क्रीकेट लेजेन्ड सचिन टेन्दुल्करले कोरोना महामारीबाट गुज्रिरहेको भारतलाई १ करोड सहयोग गरेको छ। उक्त रकम मिसन अक्सिजन इन्डियालाई अक्सिजन सिलिन्डर खरिद गर्न उप्लब्ध गराएको हो।

आफ्नो ट्विटर मार्फत उन्ले सो घोषणा गरेका हुन। उन्लाइ केही हप्ता अघि कोरोना संक्रमण भएको थियो। उन्ले सबैलाइ आफुलाइ प्राथना गरेकोमा धन्यवाद दिए।

यस अघि प्याट कमिन्सले $५०,००० सहयोग गरेका थिए भने ब्रेट लिले ४० लाख दिने घोषणा गरेका थिए।

हाल इन्डियामा कोरोना महामरीले बिकराल रुप लिएको छ। दैनिक रुपमा ३,५०,००० को दरले नया संक्रमितहरु थपिदै छन।