“संसारमा एक मात्र वास्तविक रोनाल्डो छन् र उनि ब्राजिलियन हुन् !” – इब्राहिमोविक

मिलानका नयाँ स्टार स्ट्राइकरले युभेन्टस फ्रन्टम्यान बारे केहि विवादास्पद कुरा गरेका छन्, उनले ए बोला संग बोल्दै इटालीमा ‘रियल रोनाल्डो’ को बारे केहि बताए।

“मैले इटालीमा वास्तविक रोनाल्डो भेट्ने छु? कोहि पनि वास्तविक छैन! एक मात्र उत्कृष्ट रोनाल्डो छन् र उनि ब्राजिलका हुन्””

रोनाल्डोको उत्कृष्ट क्यारियर हेर्ने हो भने इब्राहिमोविकको यो निकै विवादास्पद दाबी हो।

यसमा कुनै शंका छैन कि रोनाल्डो नाजारियो कुनै समय संसारको घातक स्ट्राइकर मध्ये एक थिए।

भूतपूर्व एलए ग्यालेक्सी स्ट्राइकरको पोर्चुगाली स्टार संग केहि द्वन्द्व जस्तो देखिन्छ, इब्राहिमोविकले रोनाल्डो युभेन्टसमा जानु ठुलो चुनौती नरहेको पनि बताएका थिए।

इब्राहिमोविक सान सिरोमा फर्किए पछि उनको रोनाल्डो संग मैदान भित्रै प्रतिस्पर्धा पक्कै हुने छ जसले सिरी ए अझै रोमान्चक बन्न छ।