संसारको सबैभन्दा महँगो घडी भएका व्यक्ति बने रोनाल्डो

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा महँगो घडीको मालिक रहेको जानकारी छ। खबर अनुसार उनको रोलेक्स घडीको मूल्य £३७०,००० रहेको छ जुन संसारको सबैभन्दा महँगो हो।

म्यानचेस्टर युनाइटेडका स्टार हाल आफ्नो क्यारियरमा १ बिलियन पाउन्डभन्दा बढी कमाउने दुई सक्रिय फुटबलरमध्ये एक हुन्, भर्खरै सार्वजनिक भएको एक रिपोर्टका अनुसार डेभिड बेकह्याम, लेब्रोन जेम्स र रोजर फेडेररलाई पछि पार्दै रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको पाँचौँ स्थानमा परेका छन् र रोनाल्डो महँगो स्पोर्ट्सकार र घडीहरूको धेरै सौखिन रहेका छन्।

रोनाल्डो सँग धेरै स्पोर्ट्सकार, गहना र घडीहरूको सङ्ग्रह रहेको छ तर उनको रोलेक्सको गीएमटि मास्टर आइस हाल चर्चाको विषय बनेको छ। डेली स्टारको रिपोर्ट अनुसार, युभेन्टसमा खेल्दै गर्दा रोनाल्डोले उक्त दुर्लभ घडीको किनेका थिए। त्यति बेला £३७१,००० को मूल्य रहेको घडी आधिकारिक रूपमा कम्पनीले बेचे सबैभन्दा महँगो घडी हो र आजको दिनसम्म उक्त रेकर्ड कायम छ।

घडीमा १८-क्यारेट सेतो सुन रहेको छ भने घडीको बेजेल र रिस्टब्यान्डले पनि धेरै मूल्य भएको जानकारी छ र 30-क्यारेट हीरा पनि उक्त घडीमा रहेको जानकारी छ।