संसारको सबैभन्दा धनी फुटबल क्लब नै रेलिगेत हुने खतरामा

प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडलाई साउदीका राजकुमारले किने पछि न्यूकासल युनाइटेड संसारकै सबैभन्दा धनी क्लब बन्न पुगेको थियो। क्लबको बिक्री पछि न्यूकासल युनाइटेड सबैभन्दा धनी मालिक भएको फुटबल क्लब बन्न पुगेको थियो। साउदीका राजकुमारको धन £३२० बिलियन बराबर रहेको जानकारी छ जसले न्यूकासल युनाइटेडलाई म्यानचेस्टर सिटी र पिएसजी भन्दा धनी मालिक भएको क्लब बनाउँछ।

तर संसारको सबैभन्दा धनी फुटबल क्लब भए पछि मैदानमा भने न्यूकासल युनाइटेडको निकै खराब प्रदर्शन रहेको छ। यो सिजन हाल सम्म न्यूकासलले लिगमा एक खेल पनि जितेको छैन भने लिगको पुच्छरमा रहेको न्यूकासल प्रिमियर लिगबाट रेलिगेत हुने खतरामा रहेको छ।

हाल सम्म लिगमा १४ खेल भएको छ जसमा ७ बराबरी र ७ हारको साथ लिगको अन्तिम स्थानमा रहेको न्यूकासलको मात्र ७ अंक रहेको छ। लिगको अन्तिम ३ स्थानमा रहेको क्लबहरू इएफएल च्याम्पियनशिपमा रेलेगेत हुने छ र सबैभन्दा धनी फुटबल क्लब नै लिगको पुच्छारमा रहे पछि हाल क्लबको धेरै आलोचना हुँदै गरेको छ।

हालै मात्र न्यूकासल युनाइटेडले नयाँ कोचको रुपमा एडी होवेलाई भित्राएको थियो र आउँदो ट्रान्सफर विन्डोमा न्यूकासलले आफ्नो स्थिति सुधार गर्न ठुलो खर्च गर्न सक्ने जानकारी छ।