संसारका १० फुटबलर जो संग छ आफ्नै प्राइभेट जेट – कसको मूल्य कति ?

यूरोपियन खेलाडी जो आफ्नो खेल जिबन फूटबलमा बिताइरहेका छन् उनिहरु आफ्नो खेल खेल्दै गर्दा निकै ठुलो रकममा एक देखि अर्को क्लबमा स्थान हेरफेर गर्दछन जसले गर्दा उनिहरुको पारिश्रमिक बढ्नुको साथै आफ्नो जीवनशैलीसमेत बदलिने देखिन्छ। उनिहरु आफ्नो स्रोतको ठुलो रकम विभिन्न विलासी समानका साथै दिन चैर्याका निम्ति खर्चिन्छन जस्तै गाडी, बाइक देखि प्राइभेट जेट।

विभिन्न अन्तरास्ट्रिय लेख मार्फत टिपोट गरिएको यो लेखमा १० खेलाडी जो सर्बाधिक महगा जेट चद्छन, उनीहरु छाड्ने जेट र मुल्यको बारेमा लेखिएको छ। यससंगै पोर्चुगलका रोनाल्डोका साथ २ प्राइभेट जेट रहेको छ।

१. क्रिस्टियानो रोनाल्डो – प्राइभेट जेटको मुल्य (६५ मिलियन डलर): जि-६५०
संसारका धनि खेलाडीको रुपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाइ मान्न सकिन्छ। उनले सर्बाधिक महँगो प्राइभेट जेट – गल्फस्ट्रिम जि-६५० नामक जेट खरिद गरेका छन्। उक्त जेटको मूल्य झन्डै ६५ मिलियन अमेरिकन डलर रहको छ। उक्त जेट १२,९६० कि.मी उचाई र ९८२ कि.मि प्रति घण्टाको रफ्तारमा उड्न सक्दछ।

२. लियोनल मेस्सी – २५.९ मिलियन डलर: एम्ब्राएर लिगेसी- ६५०
२००२ मा बनेको उक्त बिमान चर्चित फूटबलर लियोनल मेस्सी छडछन् जसको मूल्य २५.९ मिलियन डलर रहेको छ। स्रोतका अनुसार उक्त बिमान ६,०६० कि.मी को उचाई र ८३४ कि.मि प्रति घण्टाको रफ्तारमा उड्ने गर्दछ।

३. जाल्टन इब्राहिमोबिक – २७ मिलियन डलर: सेसन काइटेसन
एम.एल.एस का महँगो खेलाडीका रुपमा मानिने जाल्टन २७ मिलियन पर्ने प्राइभेट जेट चद्छन। डेबिड बेकाम पछिका सर्बाधिक महंगा एम.एल.स् खेलाडी बनेका जाल्टन आफ्नै जेट सेस्सन काइटेसन जेट चद्छन।

४. पौल पोग्बा – २४.५ मिलियन डलर: गल्फ स्ट्रिम जि-२८०
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जो युबेन्ट्सबाट ट्रान्सफर भएका थिए, उनि आफ्नै प्राइभेट जजेटमा सबार गर्दछन। उनि गल्फ स्ट्रिम नामक जेट चद्छन जसको मूल्य २४.५ अमेरिकी डलर रहेको छ। ६६६७ कि.मीको उचाईको साथ ९०० कि.मी प्रति घण्टाको रफ्तारमा जि-२८० उड़छ।

५. डेबिड बेकाम – २६.६ मिलियन डलर: बोम्बाडियर च्यालेंजर ३५०
डेबिड बेकाम जो फुटबल खेलबाट नै सन्यास लिईसके उनि आफ्नै प्राइभेट जेटमा सवार गर्दछन। बोम्बाडियर च्यालेंजर ३५० चड्ने डेबिड बेकामको उक्त जेटको मूल्य २६.६ मिलियन डलर रहेको छ।

६. नेमार – २५.९ मिलियन डलर: एम्ब्राएर लिगेसी- ४५०
अर्बौ डलरमा पेरिस सेन्ट जर्मन गएका ब्राजिलियन स्टार एक महंगा खेलाडी बनेका छन्, उनि आफ्नै प्राइभेट जेटमा सवार गर्ने गर्दछन जसको मूल्य करिब २५.९ मिलियन डलर रहेको छ। १,०१७ कि.मी प्रति घण्टाको रफ्तार रहेको उक्त बिमान ४,२६० कि.मीसम्मको उचाईसम्म उड्न सक्दछ।

७. वाईन्न रुनी – २० मिलियन डलर: डेसल्ट फाल्कन ९०० एल.एक्स
एन्ग्लिश प्रिमिएरबाट अमेरिका गएका रुनी आफ्नै प्राइभेट जेटमा सवार गर्छन जसको मूल्य २० मिलियन अमेरिकी डलर रहेको छ। उक्त जेट ४७५० कि.मीको उचाईको साथ ३७० किमीप्रति घण्टाको रफ्तारले उड़छ।

८. ग्यारेथ बेल – १३ मिलियन डलर: सेस्सना काइटेसन एक्स.एल.एस
रियल मद्रिडका फरवार्ड ग्यारेथ बेल आफ्नै महँगो प्राइभेट जेटमा सवार गर्दछन जसको मूल्य १३ मिलियन अमेरिकी डलर रहेको छ। ९ जनासम्म सवार गर्न मिल्ने उक्त जेटको रफ्तार ४४१ रहेको छ।

९. करिम बेन्जिमा – ११ मिलियन डलर सेस्सना काइतेसन सी.जे ४
रियल मद्रिडका फरवार्ड करिम बेन्जिमा पनि आफ्नै प्राइभेट जेटमा यात्रा गर्ने गर्दछन जसको मूल्य ११ मिलियन डलर रहेको छ।

१०. अलेक्सिस सान्चेज – ९.४५ मिलियन डलर: गल्फ स्ट्रिम जि ३००
२६ मिलियन यूरो कमाइ गर्ने प्रिमिएर लिगका यी महंगा खेलाडी करिब १० मिलियन अमेरिकी डलर पर्ने प्राइभेट जेट प्रयोग गर्दछन। उक्त बिमानमा १० देखि १३ जना सम्म सवार गर्न योग्य रहेको छ।