संयोग? नेयमारले रोनाल्डोकी आमा भेटे पछि

पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोकी आमाले ब्राजिलियन स्टार नेयमारलाई एक कन्सर्टमा भेट भएपछि फोटो आफ्नो इन्स्टाग्राम अकाउन्ट्मा राखेकी छिन ।

नेयमार पोचुगलमा आफ्नो साथी पौला फर्नान्डेसको कन्सर्टमा उपस्थित भएको थियो र त्यसै क्रममा उनले रोनाल्डोको आमालाई पनि भेटेका थिए ।

केहि स्पेनिस रिपोर्टसका अनुसार, नेयमारलाई सिरी ए च्याम्पियन युभेन्ट्सले डिबाला दिएर भित्र्याउन सक्ने बताएका छन् ।

त्यसै गरि दुई स्पेनिस क्लब रियल र बार्सिलोनाले पनि नेयमार माथी निकै चासो देखाइ राखेका छन, तर नेयमार भने बार्सिलोना फर्कन धेरै इच्छुक देखिन्छ ।

बार्सिलोनाका प्रतिनिधिहरु पेरिसमा नेयमारको विषयमा कुरा गर्न पुगिसकेका छन ।