श्रीलंका १३६ रनमा अल आउट

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले न्यूजिल्याण्डलाई मात्र १३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको श्रीलंका २९ ओभर २ बलमा १३६ रनमा सबै खेलाडि अलआउट भयो । निकै कमजोर सुरुवात गरेको श्रीलंकाले ४ रनमा पहिलो विकेट गएको थियो ।

श्रीलंकाका लागि कप्तान करुनारत्नेले ८४ बलमा ५१ रन बनाउदा परेराले २४ बलमा २९ रनको योगदान गरे। बाकी अरु खेलाडीहरुले राम्रो रन बनाउन सकेन् ।