श्रीलंका आइपिएलको बाकी खेल खेलाउन इच्छुक

एजेन्सी, श्रीलंका क्रिकेट बोर्डले आइपिएलको बाकी खेल श्रीलंकामा खेलाउन इन्डियन क्रिकेट बोर्ड समक्ष प्रस्ताव राखेको छ। कोरोना महामारीका कारण आइपिएलको सबै खेल स्थगित भएको थियो।

श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष अर्जुना दे सिल्भाले सेप्टेम्बरमा विन्डो उपलब्ध गराउने जानकारी दिए। त्येस्तै लंका प्रिमिएर लिग जुलाई/अगस्टमा गर्ने तयारी रहेको पनि बताए।

“युएईमा आइपिएल खेलाउन बिकल्प रहे पनि श्रीलंकालाई बेवास्ता भने गर्न मिल्दैन”।

“हामीले लंका प्रिमिएर लिग जुलाइ-अगस्टमा गर्ने तयारी गरेको छ र मैदान र पुर्वाधार आइपिएलको लागि सेप्टेम्बरमा उपलब्ध गराउने छौ” उन्ले थपे।

बिसिसिआइको अध्यक्ष सौरभ गांगुलीले आइपिएल २०२१ रद्द भएको खण्डमा बोर्डलाई आइएनआर २५०० करोड घाटा लाग्ने बताए।

यो संस्करर्णको आइपिएल कोरोनाका कारण स्थगित गर्नु परेको थियो। हेद्रबादका रिदिमान साहा, दिल्लीका अमित मिस्रा, कोलकाताका भरुण चक्रवर्ती र चेन्नाइको बलिगं कोच बालाजी कोरोना संक्रमीत भएका थिए।