श्रीलंकाको लज्जास्पद हार

न्युजिल्यान्डले विश्वकप क्रिकटको तेस्रो खेलमा श्रीलंकामाथि विशाल जित हासिल गरेको छ। न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो।

शनिवार  कार्डिफमा भएको तेस्रो दिनको पहिलो खेलमा न्युजिल्यान्डलाई श्रीलंकाले १३७ रनको चुनौति प्रस्तुत गरेको थियो। श्रीलंकाले दिएको चुनौति न्युजिल्यान्डले मात्र १६.१ ओभरमा १३७ रन बनाएर सजिलै पार गरे।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभरमा जम्मा १३६ रन मात्र बनायो । न्युजिल्यान्डका गुप्टिलले ५१ बलमा ७३ रन बनाए भने कालिन मुनरोले ४६ बलमा ५८ रनको योगदान दिएर पहिलो जित दर्ता गरे ।

न्युजिल्यान्डका लागि हेनरी र फर्गुसनले दुबैले ३-३ विकेट लिए।