श्रींलकामा नेपाली क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दै

भदौ १३ गतेबाट मलेसियामा हुने एसिया कप छनोट अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल श्रींलकाको कोल्ट्स क्रिकेट क्लबसँग कोल्ट्स क्रिकेट मैदानमा खेल्ने छ । खेल नेपाली समय अनुसार १० ः १५ बाट सुरु हुने छ । नेपाल भाद्र ११ गते त्यतैबाट मलेसिया जाने छ भने सन्दीप वेस्ट इन्डिजबाट भाद्र १२ गते मलेसिया आउने छन् ।

यस अघिका दुबै अभ्यास खेलमा नेपाल विजयी भएको छ ।एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ।
जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ। छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ।